पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य


नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । नयाँ भाउ अनुसार नेपाली बजारमा सुनको मूल्यमा आज पाँच सय रुपैयाँले बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक हजार ४६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *