चलचित्र ‘कोतपर्व’बाट कमव्याक गर्दै रमेश उप्रेती


अभिनेता रमेश उप्रेती चलचित्र ‘कोतपर्व’बाट कमव्याक गर्ने तयारीमा जुटेका छन् । यसका लागि उनी  ‘कोतपर्व’को मुख्य भुमिका अनुबन्धित भएका छन् । रमेशले ‘ऐश्वर्य’पछि कुनै पनि चलचित्रमा काम गरेका थिएनन् ।

‘कोतपर्व’मा दुई पुस्ताका चर्चित कलाकार एकसाथ पर्दामा देखिने बताइएको छ ।

महेश दवाडीको लेखन रहेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन् ।

कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारदारको हत्या भएको थियो । नेपाललाई १०४ वर्षे जहानिया निरंकुश राणा शासनमा धकेलेको ‘कोतपर्व’ नेपालको इतिहासकै दोस्रो ठूलो हत्याकाण्डका रुपमा चित्रित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *