विशेष कारण भन्दै राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित


संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ। सोमबार बोलाइएको बैठक सूचना जारी गर्दै एक दिन पछि सारिएको हो। सोमबार बैठक बिहान ११:०१ बजे बोलाइएको थियो। विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि वैठक सारिएको संसद् सचिवलायले जनाएको छ। राष्ट्रिय सभामा बजेटमाथिको छलफल चलिरहेको छ। प्रतिनिधि सभाबाट बजेट पारित भए पनि राष्ट्रिय सभामा भने छलफल पनि अगाडि बढ्न सकेको छैन। बजेट छलफलकै क्रममा रहँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध सुरु गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले विरोध सुरु गरेपछि राष्ट्रिय सभा लगातार अवरुद्ध हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *