आदिपुरुषका लेखकले बल्ल मागे माफी


हिन्दी कथानक चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

उनले जनताको भावनालाई स्वीकार गर्ने पनि बताएका छन् । सुरुमा भने उनले माफी माग्न अस्वीकार गरेका थिए । उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।” सिनेमाको चौतर्फी आलोचना हुँदा बक्सअफिसमा राम्रो कलेक्सन पनि हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *