संसद विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १२ वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सबै रिटहरु संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।
राणाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।
उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले संविधानसँग जोडिएको विषय र संवैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर विघटनविरुद्ध रिट दिएका थिए। अब सबै रिटको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुनेछ ।