नासुलाई हातपात गरेको आरोप लागेका वकिल साधारण तारेखमा रिहा


ललितपुर जिल्ला अदालतकी नायब सुब्बा (नासु) प्रेमिका गुरुङलाई हातपात गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायी अमिर लामिछाने रिहा भएका छन् ।

उनलाई आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरले साधारण तारेखमा रिहा गरेको हो ।

उनी गत बुधबार अपराह्न करिब साढे ४ बजे पक्राउ परेका थिए । लामिछानेले अदालतकी नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रशासनमा अभद्र व्यवहारको मुद्दा दायर भएको थियो ।

अदालत प्रशासनका अनुसार इजलासबाट भएको आदेश हेर्न पाउनुपर्ने भन्दै लामिछानेले फाइल मागेका थिए । तर, हराउन सक्ने भन्दै नासु तामाङले फाइल दिन मानिनन् । प्रक्रिया पुर्‍याएर निवेदन लिएर आए त्यसको नक्कल प्रति दिन सकिने उनले जवाफ फर्काएकी थिइन् । त्यसपछि विवाद बढ्दै गएको र लामिछानेले प्रेमिकामाथि हातपात गरेको पीडित पक्षको दाबी छ ।

अर्कोतर्फ लामिछानेसहित कानुन व्यवसायीको छाता निकाय नेपाल बार एसोसियसनले भने तामाङले घुस मागेपछि विवाद भएको दाबी गरेको छ । बारले घटना भएको दिनको सीसीटिभी फुटेज जारी गर्न माग गरेको छ । प्रशासनले भने सीसीटीभी बिग्रिएको दाबी गर्दै आएको छ ।

तामाङ र लामिछानेबीचको विवाद अहिले बार र अदालतको विवाद बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *