‘परस्त्री’को हिन्दी भर्सन नेपालमा रिलिज नहुने


शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘परस्त्री’को नेपाली भर्सनमात्रै नेपालमा रिलिज हुने भएको छ । यसअघि यसको हिन्दी भर्सन पनि नेपालमा रिलिज हुने भनेर निर्माण पक्षले प्रचार गरेको थियो । यसका लागि निर्माण पक्ष चलचित्र विकास बोर्ड पनि पुगेको थियो ।

यसैबीच, निर्माण पक्ष अहिले भारतका विभिन्न सहरमा प्रचारमा छ । केहीदिन मुम्बईमा सिनेमाको प्रचारप्रसार गरेको निर्माण टिम सोमबार दिल्ली पुगेको थियो । त्यहाँ निर्माण टिमले पत्रकार सम्मेलन गर्यो ।

निर्देशक सुरज पाण्डेले भारतमा पनि सिनेमा हेर्न दर्शक उत्साही रहेको बताए ।

अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’ले आफ्नो करिअर नै परिवर्तन गर्ने अपेक्षा व्यक्त गरिन् ।

निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’लाई भारतीय दर्शकले मन पराए अर्को चलचित्र पनि हिन्दी भर्सनमा निर्माण गर्ने बताइन् ।

निर्मात्री पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिएकी छन् । उनले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेकी छन् ।

‘परस्त्री’ विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक कथामा आधारित चलचित्र हो । चलचित्रमा शिल्पा मास्के, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

दीपेन्द्र के खनालले चलचित्रको कथा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *