ओली गुटका यी नेताले दिनेछन् प्रदेशमा प्रशिक्षण


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी ओली गुट का नयाँ केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिन लागिएकाृ छ।
ओली गुटका प्रवक्ता प्रदिप ज्ञावलीले जारी गरेको सूचनाका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेश विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा रहेने छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेलले प्रशिक्षण दिने छन्।
वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्यालले प्रशिक्षण दिने छन् ।

त्यसैगरि, प्रदेश नं २मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोले प्रशिक्षण दिने भनिएको छ जबकि, रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षमा छन्।

प्रदेश नं १ सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा.शिवमाया तुम्वाहाम्फे रहने छन् । उक्त प्रशिक्षण हुने समय र मिति भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *