इजरायल र ईरान बीचको बढ्दो तनाब र द्धन्द्धको संभावना
इजरायलका सेनाप्रमुख अविव कोचावीले ईरानले कुनै पनि हमला गरेमा त्यसको जवाफ शक्तिशाली हमलामार्फत दिइने बताएका छन् ।
केही समय अघिमात्रै ईरानी परमाणु वैज्ञानिक मोहसिन फकिर जादेहको मृत्यु भएपछि दुई देशीय सम्बन्ध निकै चिसिएको छ । ईरानले आफ्ना वैज्ञानिकको हत्या गरेको आरोप इजरायलमाथि लगाएको छ र त्यसको बदला लिइने पनि जनाएको छ । ईरानले सम्भावित हमला गर्ने आशंकाबारे बोल्दै कोचावीले भने, ‘हामी हेर्दैछौं कि भर्खरै इजरायलविरुद्ध ईरानी खतरामा कसरी वृद्धि भएको छ ।
यदि ईरान, हिजबुुल्लाह वा ईरान समर्थित लेबनानी सशस्त्र समूह र पार्टीहरुले इजरायलविरुद्ध कुनै पनि कारबाही गरेमा त्यो उनीहरुलाई निकै महंगो पर्नेछ ।’कोवाचीले कुनै पनि कारबाहीको जवाफ दिनका लागि आफु तयार रहेको बताए ।
‘म हाम्रा दुश्मनहरुलाई भन्छु कि हामीलाई परीक्षण नगर्नुस्,’ उनले भने । ईरानका शीर्ष परमाणु वैज्ञानिक फकिरजादेहको हत्यामा सेटेलाईट नियन्त्रित स्मार्ट सिस्टमको मेसिनगन प्रयोग गरिएको थियो । एजेन्सी