चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु


दाङमा चट्याङले लागेर शनिबार साँझ दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिका–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरी खेतबारीबाट तरकारी टिपेर फर्कंदै गर्दा र केसी खेतमा काम गरिरहेको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

अहिले चौधरी र केसी दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *