वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह


रुसमा वाग्नर लडाकु समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

“हामी तपाईंलाई विवेकशील हुन र रुसी रक्षा मन्त्रालय वा कानुन प्रवर्तन एजेन्सीका प्रतिनिधिसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौँ । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौँ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छरुसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत विद्रोहको चेतावनीका थुप्रै श्रव्यसामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो ।

रुसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रुसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ ।

यी घटनाहरूपछि मस्कोमा सुरक्षाका उपाय उल्लेखनीय रूपमा सुदृढ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *