चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा
चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाखमा चालु खाता ५४ अर्ब बढी घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता ५४ अर्ब ६७ करोडले रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता बैशाख मसान्तसम्म ४२ करोड ४५ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई रु.६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ३६ करोड मात्र आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ६५ करोड रहेको थियो । वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी ९भ्ऋँ० अन्तर्गत दोस्रो किस्ता वापतको रु.६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।
शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा
राष्ट्र बैंकका अनुसार यस अवधिमा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।