पर्यटनलाई चलचित्रले कसरी मद्दत गर्न सक्दछ ?


सामान्य रुपमा पर्यटनलाई घुमफिर भनेर बुझिन्छ । कुनै एक ठाउँबाट अर्को ठाउँसम्म घुमफिर मनोरञ्जन वा अध्ययन वा अन्य उद्देश्यले पुगिन्छ भने त्यो पर्यटन हो । विश्वमा हाल पर्यटनका विभिन्न स्वरुपहरु विकसित हुँदै आएका छन् । जस्तैः व्यवसायिक पर्यटन, ग्रामीण पर्यटन, पर्वतारोहण पर्यटन, पदयात्रा पर्यटन, स्वास्थ्य पर्यटन, जलयात्रा पर्यटन, साहसिक पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक खेलकुद, चलचित्र, शैक्षिक आदि इत्यादि विषयलाई पर्यटनमा समावेश गरिएको छ ।
नेपाली बृहत् शब्दकोशका अनुसार चलचित्र भनेको बिजुलीका सहायताबाट रजतपटमा देखाइने, चल्ने, फिर्ने, कथात्मक नाट्यचित्र रहने, सिनेमा, टाकिज आदि भनिएको छ । चलचित्र कलाको एक बृहत स्वरुप हो । विश्वमा चलचित्र निर्माणका ठूला, ठूला उद्योगहरु स्थापना भइसकेका छन् । हलिउड, बलिउड, यूरोपियन चलचित्र आदि इत्यादि । चलचित्रले, ज्ञान, मनोरञ्जन, सूचनाको प्रसारण गर्दछ । चलचित्रको विधागत रुपमा पनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक भनि वर्गीकरण गरिन्छ ।
चलचित्र पर्यटन, पर्यटनको एक स्वरुप हो जसमा चलचित्रका माध्यमबाट पर्यटन व्यवसायको प्रचार प्रसार र प्रवद्र्धन गरिन्छ । चलचित्र पर्यटन कलासँग सम्बन्धित क्षेत्र हो । यस अन्तर्गत चलचित्र निर्माण, छायाँकन, चलचित्र आदानप्रदान चलचित्रसँग सम्बन्धित विभिन्न तालिम, कार्यशालाहरुको संचालन, चलचित्र महोत्सवको प्रवद्र्धन र संचालन जस्ता कुराहरु रहन्छन् । विश्वभरि चलचित्र पर्यटनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु भैराखेका छन् । जस्तो ः भारतमा निर्माण गरिने क्षेत्रीय चलचित्रहरुलाई छायाँकनमा सहजता दिन र उनीहरुलाई आकर्षण गर्नका लागि यूरोपका कतिपय राष्ट्रहरु जस्तै स्पेन, पोर्चुगल, अष्ट्रिया, आइस्ल्याण्ड, फ्रान्स आदिले काम गर्दै आएका छन् ।
पर्यटनलाई चलचित्रले कसरी मद्दत गर्न सक्दछ भन्ने सन्दर्भमा सन् २००८ मा बेलायतमा गरिएको एक सर्वेक्षणमा दसमा आठ जनाले आपूmहरुले छुट्टिमा जाने ठाउँको आइडियाका लागि चलचित्रलाई वेस बनाउने गरेको जवाफ दिएका थिए । यस्तै खालको अर्का युरोपियन युनियनको अध्ययनमा पनि चलचित्रले विदा मनाउन निस्कने पर्यटकलाई ठाउँ छनोट गर्न मद्दत पु¥याएको निस्कर्ष निकालेको थियो । नेपालको हकमा हेर्ने हो भने पनि रमणीयता र प्रचार प्रसारको सकारात्मक सूचनाले पोखरा, मुस्ताङ सबैको आकर्षणको केन्द्र रहँदै आएको छन् । नेपाली चलचित्र सबैभन्दा बढी छायाँकन गरिने स्थान अन्तर्गत पनि पोखरा अगाडि नै पर्दछ ।
चलचित्रको छायाँकनले कसरी कुनै देशको र सो ठाउँको पर्यटकीय प्रचारमा मद्दत पु¥याउँदछन भने केही उदाहरण यस्ता रहेका छन् हलिउड चलचित्र ह्यारी पोर्टर, एलनिक क्यास्टल नामक चलचित्रहरु छायाँकन भएको ठाउँमा सो चलचित्रको रिलिज पश्चात पर्यटन आगमनमा करिब एकसय बीस प्रतिशतसम्म बृद्धि भएको थियो । त्यस्तै गरी कोरिया पुग्ने साठी प्रतिशत पर्यटकको आकर्षक हल्लागु भन्ने कोरियन टेलिसिरियल छायाँकन स्थल हो । कोरियामै गरिएको एक अध्ययन अनुसार मध्यपूर्वी एशियाका धेरै मानिसले कोरिया भ्रमण गर्नुको उद्देश्यमा आपूmहरुले कोरियन सिनेमा हेर्ने र तिनमा देखिएका सुन्दर दृश्य अवलोकन गर्न कोरिया आउने गरेको बताएका
थिए ।
न्युजिल्याण्डको पर्यटकीय प्रवद्र्धनमा हलिउडका केही चलचित्रहरु जस्तै पियानो, द लाष्ट सामुराई, द लर्ड अफ रिङ्स जस्ता चलचित्रको ठूलो योगदान रहेको छ । त्यस्तै गरी म्याड–म्याक्स, मिसन इम्बोसिबल जस्ता चलचित्रको छायाँकन पश्चात अष्टे«लियाको पर्यटन प्रवद्र्धनमा पनि ठूलो मद्दत पुगेको छ । यी देशहरुले पर्यटकलाई आकर्षण गर्नका लागि यी चलचित्रहरु आप्mनो देशमा छायाँकन भएका थिए भनेर पनि प्रवद्र्धन गर्ने गरेका छन् । जिन्दगी ना मिलेगी दोबारा भन्ने हिन्दी चलचित्रको रिलिज पछि स्पेन पुग्ने भारतीय पर्यटकको संख्यामा ३२% को वृद्धि भएको स्पेनको पर्यटन बोर्डले जनाएको थियो भने भारतीय पर्यटक आकर्षित गर्न र स्वीजरल्याण्डलाई भारतमा राम्रो परिचित गराएको सम्मानमा स्वीजरल्याण्डमा एक तालको नाम नै यश चोपडा राखिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँको प्राकृतिक छटा र सुन्दरता बारे विभिन्न समयमा अन्तर्राष्ट्रिय रुपमा नै चर्चा गरिन्छ । पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात जर्नल तथा संस्थाहरुमा उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल सधैं परिरहन्छ । सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र संस्कारी परम्पराका कारण पर्यटकहरुको रोजाइमा नेपाल सधैं रहेको छ । तर हामीले समयसँगै आपूmलाई अपडेट गर्न सकेका छैनौ जसका कारण पर्यटनका नयाँ–नयाँ आयामका कुनै काम र कार्यक्रम नै विकास गरिँदैनन् । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने निर्णय गरेको छ । अहिले सम्मको तयारी र अवधारणा हेर्दा विगतमा जुन–जुन क्षेत्रमा बढी केन्द्रित भएको थियो अहिले पनि त्यसैलाई निरन्तरता दिने सोच देखिन्छ । सबैले के बुभ्mन जरुरी छ भने यसरी परम्परागत सोच राखेर हामी नेपाली पर्यटनलाई विविधीकरण गर्न सक्दैनौं । जबसम्म पर्यटनको बहुआयामिक विकासमा हामी अगाडि बढ्दैनौ नेपालले पर्यटनबाट प्राप्त गर्ने तुलनात्मक लाभमा हामी पछाडि नै पर्नेछौं ।
नेपाल चलचित्र नीति २०७१ को कार्यनीतिमा नेपाली चलचित्रलाई पर्यटनसँग जोड्न केही प्रयासको संकेत गर्न खोजे जस्तो भेटिन्छ जस्तै कार्यनीतिमा भनिएको छ । ‘नेपालमा छायाँकन हुने विदेशी चलचित्रलाई सुविधा प्रदान गरिने छ, नेपालले विशेष प्राथमिकतामा राखेका पर्यटकीय गन्तव्यस्थलको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसारमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न आउने विदेशी चलचित्र निर्मातालाई विशेष सुविधा प्रदान गर्ने, विदेशी चलचित्र नेपालमा छायाँकनका लागि आकर्षित गर्ने चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले सो विषयमा सहकार्य गर्ने, अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने चलचित्र महोत्सवहरुमा नेपाली चलचित्रहरुको सहभागीतालाई बढाउन प्रोत्साहन गरिने जस्ता कुराहरु रहेका छन् । यी विषयमा ठोस रुपमा अहिलेसम्म काम भएको त देखिँदैन तर कतै न कतै सरकारले चलचित्रले पर्यटनलाई प्रवद्र्धन गर्न सक्छ भन्ने स्वीकार गरेको मान्न सकिन्छ ।
नेपाल सरकारले सन् २०२० को पर्यटन वर्षलााई प्रचार प्रसारमा मद्दत गर्न भारतीय नायिका तथा नेता जय प्रदालाई गुड्विल राजदुतको रुपमा नियुक्ति गरियो । यो सकारात्मक पहल थियो । यसमा नेपाली कलाकार जो भारतमा बढी लोकप्रिय र चर्चित छन् वहाँहरुलाई पनि समावेश गर्न सकेको भए अझ राम्रो हुन्थ्यो । मनिषा कोइराला, उदित नारायण झा, सन्दिप लामिछाने यसका लागि उपयुक्त बन्ने थियो । नेपालले अहिलेसम्म चलचित्र पर्यटनलाई ‘ब्रयाण्डिङ’ गर्न सकिरहेको छैन । प्रत्येक वर्ष नेपालमा हलिउड र बलिउड र भारतका अन्य प्रान्तीय चलचित्रको पनि नेपालमा सुटिङ्ग भइराखेको हुन्छ । यसको प्रचार–प्रसार गरिनुपर्दछ । जानकारीका लागि भनाँैं भर्खरै पनि भारतीय चर्चित निर्देशक राजकुमारको चलचित्र ‘इण्डिया मोस्ट वान्टेड’ नेपालको पोखरामा सुटिङ भएको थियो भने अघिल्लो वर्ष मात्र भारतीय र दक्षिण भारतीय चलचित्रका सुपरस्टार निर्देशक मनिरत्नम्को चेक्का चिभन्ता भनाम भन्ने चलचित्रको केही दृश्य नेपालमा छायाँकन भएको थियो । त्यस्तै सन् २०१८ डिसेम्बरमा रिलिज भएको तेलगु चलचित्र पाडी पाडी लेचे मनासु जसमा साई पल्लवी तेज र स्वारानन्दको अभिनय रहेको छ, नेपालमा सुटिङ भयो । हलिउडका स्टार हिरो मोर्गनको पनि एक डकुमेन्ट्री हालसालै नेपालमा छायाँकन गरिएको छ ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपुर्ण नेपाल विश्व पर्यटन मानचित्रका प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा धेरै अगाडिदेखि नै सुपरिचित छ । यहि परिचयलाई थप विविधिकरण गर्न चलचित्र पर्यटन थप एक क्षेत्र बन्न सक्दछ । दृश्यांकनले मानिसमा अमिट छाप पार्ने हुँदा धेरै भन्दा धेरे चलचित्रहरु छायाँकन एवम् चलचित्रसँग सम्बन्धित अन्य गतिविधिलाई प्राथमिकता दिई अगाडि बढ्दा नेपाल चलचित्र पर्यटनका लागि एक उपयुक्त गन्तव्य बन्न
सक्दछ । हाम्रै दुई छिमेकीलाई नै प्रथम चरणमा प्राथमिकता राखेर अगाडि बढ्दा पनि विश्व मानचित्रमा पुग्न धेरै सहज बन्दछ । यो विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्दा यसले बृहत् रुपमा समृद्धिमा पनि टेवा पु¥याउन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *