विदेशमा रहेका नेपालीलाई मताधिकारको प्रत्याभूत गर्न सरकार प्रतिबद्ध छ


 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएका छन्। सोही कार्यक्रममा प्रचण्डले भारतमा रहेका नेपालीहरुसँग अन्तरक्रियासमेत गरेका थिए।

रात्रिभोजमा सम्बोधन गर्दै प्रचण्डले सरकारले गरेका कामहरुको बारेमा जानकारी दिएका थिए। उनले आफ्नो भ्रमणबाट नेपाल भारतको सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास लिएको बताए। प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा भारतमा रहेका नेपालीहरुले पनि लाभ लिन सक्ने बताएका थिए।

भने, ‘भारतमा रहेका तपाईंहरु सबै नेपालका सद्भाव राजदूत सरह नै हुनुहुन्छ।’

सम्बोधनका क्रममा उनले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मत हाल्न पाउने व्यवस्थाका लागि सरकारले तयारी गरिरहेको समेत बताए।

‘विदेशमा रहेका नेपालीलाई मताधिकारको प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेका हुन्। भोलि प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *