‘दृश्यम’ बन्यो कोरियन भाषामा रिमेक हुने पहिलो भारतीय फिल्म


दक्षिण कोरियामा हिन्दी फिल्म ‘दृश्यम’ को रिमेक बन्ने भएको छ। कान्स फिल्म फेस्टिभलमा ‘दृश्यम’ को कोरियन रिमेक बन्न लागेको घोषणा गरिएको हो।

बलिउड फिल्मको कोरियन  रिमेक हुने यो पहिलो भारतीय फिल्म हो। रिमेकमा अजयले खेलेको भूमिकामा ‘प्यारासाइट’ का अभिनेता सुङ काङ देखिनेछन्। प्यारासाइटले सन् २०२० मा उत्कृष्ट फिल्म लगायतका विधामा अवार्ड जितेको थियो। उत्कृष्ट फिल्मको अवार्ड जित्ने यो पहिलो गैरअंग्रेजी भाषी फिल्म हो।

कोरियाको एन्थोलोजी स्टुडियो र भारतको पानोरमा स्टुडियोले कोरियामा दृश्यम फ्रेन्चाइजको रिमेकका लागि साझेदारी गरेका छन्। प्यारासाइटकै निर्देशक वोङ जुन हुले निर्देशन गर्नेछन्। कोरियन रिमेकमा फिल्मको कथा केही परिवर्तन गरिने समेत बताइएको छ।

अजय र तब्बु अभिनित फिल्म ‘दृश्यम’ पनि सन् २०१३ मा रिलिज भएको मलयालम फिल्मको हिन्दी रिमेक हो। यो फिल्म हिन्दी, कन्नड, तेलुगु र तमिलमा समेत रिमेक भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *