हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित सिनेमा : ‘हुक्काः एन एब्सर्ड ड्रिम’


चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ चलचित्र अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको छ ।

निर्देशक शम्भु थापाले अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले कस्तो सपना देख्छ र त्यो पूरा गर्न के गर्छ भन्ने कुरा चलचित्रले उठान गरेको बताए । थापाले अहिलेको पुस्ता अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ता भौतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए ।

जेठ १२ गतेबाट रिलिज हुने यो चलचित्रमा सामन्तवादको केही विषय समेटिएको बताए ।

अभिनेता तेज गिरीले चलचित्रमा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको बताए । उनले आफ्नो भूमिका मायाको अभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए ।

अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’मा अभिनय गर्न पाउँदा खुसी लागेको बताइन् । उनले दर्शकले आफ्नो भूमिका मनपराउने बताइन् ।

अभिनेता प्रकाश घिमिरेले चलचित्रमा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने बताए । उनले आफू कहिले नरम र कहिले कडा पात्रको रुपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको जनाए ।

चलचित्रका लेखक तथा अभिनेता सन्तोषकुमार आत्रेयले आफूले पत्रिकामा समवेदना पढेर कथा बुनेको बताए । फिल्मको कथा अहिलेसम्म आएको फिल्मभन्दा भिन्न भएको उनको दाबी छ ।

कार्यकारी निर्माता किरणकुमार आत्रेयले नेपाली कला संस्कृतिका लागि केही गर्नुपर्छ भन्ने भावनाले चलचित्रमा लगानी गरेको बताए । चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अंशु न्यौपाने, निश्चल विमल, एलिशा विकलगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *