छिट्टै कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउनेछौं : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनमा आएको नतिजापछि आफूले आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको बताएका छन् । उनले परिणाममुखी भूमिकाका लागि खरो उत्रन सकिनँ कि भन्ने विषयमा आत्मसमीक्षा गरिरहेको बताए ।

थापाले सामाजिक सञ्जालमार्फत उपनिर्वचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँबाट निर्वाचित रास्वपाकै डा. स्वर्णिम वाग्ले र बाराबाट निर्वाचित जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिँदै आफूले आत्मसमीक्षा गरिरहेको बताए । “आम अपेक्षाअनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु,” उनले भने, “यही क्रममा पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा वौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौँ । र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *