चितवनमा २९ हजार मतान्तरले रविको अग्रता


प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानले मतान्तर फराकिलो पारेका छन् ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार उनले ३६ हजार १५८ मत प्राप्त गरेका छन् ।उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले सात हजार १४८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २९ हजार १० रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ६ हजार ६५१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *