उपेन्द्र यादव ५३३ मतले अगाडि, पछ्याउँदै शिवचन्द्र
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । ६ हजार ७७४ मत गन्दा उनले दुईहजार ६०० मत पाएका छन् ।
जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले उनलाई पछ्याइरहेका छन् । उनले दुईहजार ६७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५३३ रहेको छ ।
नेकपा (एमाले)का उमेदवार पुरुषोत्तम पौडेलले ८६१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन् ।