रवि लामिछानेको अग्रता , कटाए तीन हजार मत
चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ ।
प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । नतिजा अनुसार रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । लामिछानेले तीन हजार १६६ मत पाएका छन् ।
यस्तै, नेकपा (एमाले) का उमेदवार रामप्रसाद न्यौपानेले एक हजार ७१६ मत प्राप्त गर्दा कांग्रेस उमेदवार जितनारायण श्रेष्ठले एक हजार २४१ मत पाएका छन् ।