बढ्दै कोरोना, संक्रमित आइसीयु र भेन्टिलेटरमा


पछिल्लो दुई सातायता कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

बुधबार ९८ जनामा संक्रमण पुष्टि भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । संक्रमितको संख्या बढेसँगै बिरामी आइसीयुमा भर्ना हुने अवस्था आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

संक्रमणबाट बच्न भौतिक दुरी कायम गर्न, मास्क लगाउन र हातको सरसफाइमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ । संक्रमण भइहाले पनि सिकिस्त हुनबाट बच्न कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयको आग्रह छ ।कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । त्यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ भने पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *