प्रधानमन्त्रीको कदमले लगानीकर्ता निराश, शेयर बजारमा पहिरो
आइतबार बिहान मन्त्रीपरिषदको आकस्मिक बैठक डाकेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि देशको राजनीतिमा हलचल मच्चिएको छ ।
प्रधानमन्त्रीको आकस्मिक र अनपेक्षित योे कदमको कालो छायाँ सेयर बजारमा समेत देखिएको छ । देशमा फेरि राजनीतिक अस्थिरताको सुरुवात हुने देखेर लगानीकर्ताको आत्माबलमा नकारात्मक प्रभाव परेको देखिएको छ । जसको फलस्वरुप सेयर बजार समेत उच्च अंकले घटेको छ ।