राष्ट्रपतिलाई कांग्रेसको अपिल : अधिनायकवादी आकांक्षाको प्रयास असफल होस्


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर अधिनायकवाद लागु गर्ने प्रधानमन्त्रीको अन्तिम प्रयत्न् असफल पार्न अपिल गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘यो कदम संविधानको अक्षर, मर्म र भावनाविपरीत छ । नेपाली कांग्रेसले यसलाई राजनीतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्नेछ ।’’

विज्ञप्तिमा चुनावका बेला स्थिरताको नारा दिएर झुक्याउँदै अहिले जनतालाई धोखा दिएको उसको विज्ञप्तिमा भनिएको छ । ‘‘
चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्‍ने प्रवृत्ति निन्दनीय छ,’’ विज्ञप्तिमा भनिएको, ‘‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जित हारको द्वन्द्व आफैंमा लज्जास्पद थियो र छ ।
विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइनेछ ।’’

कांग्रेसले सरकारको असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गर्दै अविभावकीय जिम्मेवारी बहन गर्न राष्ट्रपतिलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *