थपियो भन्सार बिन्दु

चोभार सुख्खा बन्दरगाहलाई भन्सार बिन्दु कायम गरिएको छ । नेपाल राष्ट्र बैकले बुधबार एकीकृत परिपत्र २०७८ को संशोधन गर्दै चोभार स्थित सुख्खा बन्द।गाहलाई भन्सार बिन्दु तोकको हो । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ ।
साथै, मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।यसका साथै अन्य माध्यम (ड्राफ्ट÷टीटी, एसबीएसी, डीएपी, डिडिए आदि) बाट हुने आयात समेत चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिनेछ ।