गायक कर्णदासलाई मातृशोक
अग्रणी रंगकर्मी तथा गायक कर्णदासकी ममतामयी माता रत्नदेवीदास को ७० वर्षको उमेरमा निधन भएको हो । मुटुरोगबाट ग्रसित उनको आज दिउँसो ३ः३० बजे निधन भएको परिवारले जनाएको छ ।
स्वर्गिय रत्नदेवीदास पोखराकी अग्रणी रंगकर्मीसमेत हुन् । कसैकसैले उनलाई पोखराकी पहिलो रंगकर्मीसमेत भएको बताउँछन् । संस्कृतिविद तीर्थ श्रेष्ठ पोखराको रंगकर्ममा रत्नदेवीको महत्वपूर्ण योगदान भएको बताउँछन् । मैले रत्नदेवी दिदीसँग संगत गर्ने अवसर त पाईन,उनले भने,‘तर उहाँले पोखराको रंगकर्मलाई एक कालखण्डमा महत्वपूर्ण योगदान दिनुभयो ।’ एक कालखण्डमा पोखराको रंगकर्मलाई चेतन कार्कीलगायतले उकासेका थिए, ठ्याक्कै त्यहिबेला रत्नदेवी दिदीकोपनि महत्वपूर्ण योगदान रह्यो ।’
स्वर्गिय रत्नदेवीको पार्थिव शरिर अहिले उहाँकै निवास पोखरा–१० नयागाउँमा राखिएको छ । उनको भोलि पोखरा–२७ रिट्ठेपानीमा कृश्चियन परम्परा अनुसार अन्त्येष्टी गरिने कर्णदासको परिवारले जनाएको छ ।
स्वर्गिय रत्नदेवीको एक छोरा कर्णदास र २ छोरीहरु रहेका छन् ।