आज फेरि बस्दै नेकपा स्थायी कमिटी बैठक


नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज फेरि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।ओली पक्षका लागि सबैभन्दा सहज कार्ड बामदेव मानिएको छ।

ओलीले गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी शुक्रबार पेरिसडाँडामा भएको दाहाल नेपालको गुटगत भेलामा समेत सहभागी भएनन् ।

शनिबार खुमलटारमा भएको ओली दाहाल भेटवार्तामा पुगेका गौतम दाहाल नेपालको भेटवार्तालाई खास महत्व नदिई हिँडेपछि उनी ओली गुटमा पुगेको आकलन गरिएको छ ।

तथापि गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ ।
तर, एमालेको महाधिवेशनदेखि नै पटक पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *