प्रधानमन्त्री ओलीकोे राष्ट्रपतिसँग एक घण्टा छलफल
काठमाडौं। शनिबार बिहानैदेखि पार्टीका नेताहरूसँगको छलफलमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबारकै दिन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । त्यसलगत्तै उनले गृहमन्त्री रामबहादुर थापालगायतका मन्त्रीसँग समेत भेटवार्ता गरेका थिए ।
भेटका विषयमा केही नखुलाइए पनि पार्टीभित्रको विवाद र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयमा छलफल भएको बुझिएको छ ।करीब एक घण्टा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी प्रम ओली बालुवाटार फर्किएका थिए । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अध्यक्ष दाहालसँगको भेटमा ओलीले ‘प्रस्ताव’ फिर्ता लिन पुरानै अडान दोहोर्याएका थिए ।