‘गाउँ आएको बाटो’को सम्पादन ताइवानमा हुंदै


नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ सम्पादनको चरणमा रहेको छ । नवीन सुब्बाको निर्देशन रहेको चलचित्र अहिले फाइनल एडिटिङको टेबुलमा रहेको निर्माता आमोद राईले जानकारी दिएका छन् ।

चलचित्रको सम्पादन ताइवानमा भइरहेको उनले बताए ।दयाहाङ राई, पशुपति राईलगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्र ‘गाउँ आएको बाटो’लाई अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा पठाउने तयारी भइरहेको निर्माता राईले बताए ।

चलचित्र महेश राई र नवीन सुब्बाले लेखेका हुन् । चलचित्र भोजपुरको बालंखा, संखुवासभाको खाँदबारी, सुनसरीको धरान र काठमाडौंमा खिचिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *