नबिल बैंकको चार करोडबढी बोनस शेयर सूचीकृत
नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले १८.५० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बैंकको सूचीकृत बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।