निफको अग्रिम टिकट बुकिङ खुल्ला


चैत २ देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को टिकट बुकिङ खुला भएको छ । ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

यसपटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हलमा  प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंको सिटी सेन्टर र छाया सेन्टर, पुलचोकको लविङ मल र भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी चलचित्र प्रदर्शन हुनेछन् ।महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् पाठकले जानकारी दिए । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ ।

कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *