नेप्सेमा २४ अंकको गिरावट, कारोबार रकम १ अर्ब २८ करोड


बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २४.४४ अंकले घट्दै १९ सय ९५ को विन्दुमा पुगेर रोकिएको हो ।आज दिनभर भएको कारोबारमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा २० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज दिनभर कुल २ सय ५७ कम्पनीका ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ पुगेको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *