नेप्सेमा थपियो दुई कम्पनीको एक करोडबढी बोनस शेयर


नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड भन्दाबढी बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले दुई कम्पनीको एक करोड १६ लाख ९२ हजार ३०२ दशमलव ८४ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

सानिमा बैंक र सिवाइसी नेपला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत गरेको नेप्सेिले जनाएको छ । नेप्सेका अनुसार सानिमा बैंकको १० प्रतिशत बोनस शेयरपछिको एक करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता शेयर सूचीकृत गरेको हो ।

त्यस्तै, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस शेयरपछिको ३ लाख ६४ हजार ९२५ दशमलव ५१ कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ । सूचस्ृकत शेयर बिहिबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *