एमालेका उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् : एमाले उपाध्यक्ष पौडेल


उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारले जित्ने दाबी गरेका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने बताए ।”यो सरकार जुन पृष्ठभुमिको बन्यो, यो सरकार बन्दा जे जस्तो सहमति सरकारमा सहभागी दलहरूका बिचमा बनेको छ । त्यो सहमति नै नेकपा(एमाले)का तर्फबाट अघि सारेको उमेदवारको जितको आधार हो,” उनले भने ।

सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *