व्यक्ति हत्यामा सर्वोच्चले जन्मकैदको सजाय सुनाएका गौतमको कैद माफी,किन?


सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना कैदीको कैद माफी दिन सिफारिस गरेको छ।। सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार कैद माफी दिएकी छिन्।

द्वन्द्वकालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पुष्कर गौतमसहित १४ जनाको कैद माफी भएको हो। अन्य १३ जनाको नामावली सार्वजनिक भएको छैन।

मन्त्रिपरिषदको फाुगन ४ गतेको बैठकको निर्णय अनुसार भण्डारीले कैद माफी गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ।’

प्रजातन्त्र दिवसका अवसरमा अन्य ३८१ समेत गरी ३९५ कैदी कैद माफी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *