जनकपुरबाट सुरु भयो ‘भगवत् गीता’को छायाङ्कन


झरना थापाको निर्देशन रहेको फिल्म ‘भगवत् गीता’ को छायाङ्कन सुरु भएको छ। शुक्रवार बिहान शुभमुहूर्तसँगै जनकपुरको राममन्दिरबाट छायाङ्कन सुरु भएको हो।

शुक्रवार बिहान भगवत् र गीता बनेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै सुटिङ सुरु गरिएको थियो। छायाङ्कन सेटको फोटोमा सुहाना, धिरजसहित बिपिन कार्की, अनुरागमानसिंह कुँवर लगायतको कलाकारलाई देख्न सकिन्छ।

केही दिनअघि नै सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको थियो। त्यसैगरि, जनकपुर क्षेत्रमा २० दिनसम्म छायाङ्कन गरिने निर्माण टिमको योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *