वाग्मती, गण्डकी र प्रदेश–१ का हिमाली भू–भागमा हिमपातको सम्भावना


देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *