एउटै फिल्ममा देखिँदैछन् बलिउडका यी दिग्गज कलाकार
हिन्दी सिनेमा उद्योग बलिउडका दिग्गज अभियनेता ज्याकी श्राफ, सञ्जय दत्त, सनी देवल र मिथुन चक्रवर्तीले आफ्ना फ्यानलाई सरप्राइज दिएका छन्, सामाजिक सञ्जालमा एउटा फोटो (पोस्टर) सेयर गरेर।उक्त पोस्टरमा चारैजना अभिनेता फिचर छन्। चारै जनाले आगामी फिल्मको घोषणा गर्दै उक्त पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका हुन्। भारतीय सञ्चारमाध्यममा भइरहेको चर्चाअनुसार यी चारै जनाको अभिनय रहने आगामी फिल्मको नाम ‘बाप’ हुनेछ। यद्यपि फिल्मको टाइटललाई लिएर अझै सस्पेन्स छ।
सार्वजनिक पोस्टरमा चारै जना अभिनेता ग्याङस्टरको अवतारमा देखिन्छन्। सबैजनाले आ–आफ्नो सामाजिक सञ्जाल ह्याण्डलमा पोस्टर साझा गर्दै ‘बाप अफ अल फिल्म्स’ लेखेका छन्।
पोस्टरमा चारै अभिनेता एक सिँढीमा बसेर क्यामरातर्फ हेरिरहेको देखाइएको छ।
पोस्टर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा फ्यानहरुले चारै अभिनेतालाई बधाई दिइरहेका छन्।
यो फिल्म एक्सन इन्टरटेनर हुने बताइएको छ। विवेक चौहानको निर्देशनमा बन्न लागेको फिल्ममा अहमद खान, शाइरा अहमद खान तथा जी स्टूडियोज निर्माता छन्।