अभिनेता सन्नी देवललाई ‘वाई क्लास’ सुरक्षा


बलिउड अभिनेता तथा भारतीय जनता पार्टी (भाजपा) का सांसद सन्नी देवलको सुरक्षा बढाइएको छ। केहि दिन अघि सरकारले ल्याएको किसान कानूनको समर्थनमा सन्नी बोलेका थिए। उनले सरकारको समर्थन गरे लगत्तै सन्नीलाई ‘वाई क्लास’ सुरक्षा दिइएको एनडिटिभीले जनाएको छ।
किसान कानूनको समर्थनमा बोलेपछि आन्दोलनरत किसानहरू उनीमाथि भड्किएका छन्। किसान र सरकारबीचको मामिलामा आफु नबोल्ने भन्दै ट्वीटरमा लेखेपछि केहीले समस्या उत्पन्न गर्न खोजेको सनिले बताएका थिए।
सन्नीले ट्वीटरमा लेखेका थिए,‘मलाई थाहा छ कि धेरैजसो मानिसहरूले यो अवस्थाको फाइदा उठाउन खोजिरहेका छन् र समस्या उत्पन्न गरिरहेका छन्।’ आफु र आफ्नो पाटी सधैँ किसानको पक्षमा उभिएको बताएका छन्।
सनीले ट्वीटरमा लेखेका छन्,‘उनीहरू किसानका बारेमा सोचिरहेका छैनन्। उनीहरूसँग आफ्नै एजेन्डा हुनुपर्छ। म मेरो पार्टी र किसानहरूसँग उभिन्छु र म सधैं किसान हु।’
वार्ता मार्फत सरकार र किसानबीच को समस्या सुल्झाउनु पर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *