छिमेक लघुवित्तले कमायो करिब ३३ करोड नाफा


चालू आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्त वित्तीय संस्थाले रू. ३२ करोड ९१ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको खुद नाफा ५३ दशमलव ७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको उक्त अवधिमा कम्पनीले रू. २१ करोड ४१ लाख खुद नाफा गरको थियो ।

यस वर्ष कम्पनीको कर्मचारी खर्च बढ्दा खुद नाफामा असर परेको हो । गत वर्ष रू. २६ करोड ३३ लाखभन्दा बढी रहेको कर्मचारी खर्च यस वर्ष ३० करोड ५६ लाखभन्दा बढी भएको हो । कर्मचारी खर्चसँगै यस वर्ष कम्पनीको अन्य खर्च समेत बढेको छ । कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. ७३ करोड ९९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी रू. ५३ करोड ३८ लाख थियो । कम्पनीले तीन महिनाको अवधिमा रू. ४६ करोड ६९ लाख सञ्चालन नाफा गरेको छ ।

यस त्रैमाससम्म कम्पनीले रू. २८ अर्ब ५१ करोड ९७ लाख निक्षेप संकलन गरेको छ भने रू. ३३ अर्ब ५९ करोड ४९ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले रू. ४ अर्ब ७९ करोड ८१ लाख कर्जा सापटी लिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख रहेको छ भने जगेडा कोषमा रू. ३ अर्ब ९५ करोड ७८ लाख रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५६ दशमलव ६४ र प्रतिशेयर नेटवर्थ रू.२७० दशमलव ३० रहेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव शून्य ३ प्रतिशत रहेकोमा यस वर्ष शून्य दशमलव ८१ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *