लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् । शनिबार गोरखामा आयोजित राप्रपाको चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
‘वाइडबडी’, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मौलाएको उनको आरोप छ ।
उनले राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको टिप्प्णी गरे । नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको उनको भनाइ छ।