ओलीको प्रस्ताव : अब बामदेव गौतम प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको स्थायी कमिटी बैैठकमा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका छन्।
ओलीले गौतमलाई प्रधानमन्त्री बनाउन निर्वाचनबाट ल्याउने कि अघि नै अन्तबाट ल्याउने विषयमा छलफल गर्ने समेत बताएका थिए ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘अबको प्रधानमन्त्री कमरेड वामदेव हुन्। त्यसका लागि के के कानुनी व्यवस्था गर्नुपर्छ तयार रहनुहोला ।’
गत वैशाखमा पनि ओलीले आफूले प्रधानमन्त्री पद छोड्नु पर्ने अवस्था आएमा गौतमका लागि छोड्ने बताएका थिए।
नेकपा विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिइरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेसँगैअब दाहाल-नेपाल समूह सशंकित बनेका छ।
उनीहरुले यो प्रस्तावलाई ओलीले आफ्नो पक्षमा बहुमत पार्ने रणनीति बुनेको निचोड निकालेका छन् ।