आजका लागि विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकिएको छ । आजको लागि राष्ट्र बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दरमा अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसै गरी  एक युरोको नेपाली खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै जापानी यान १० को खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ । साउदी रियलको एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *