बालगोपालेश्वर मन्दिर बिहान ५ बजेदेखि खुला


काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुला भएको छ। दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ। दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *