बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण


 बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ। उनलाई डेंगु भएकाले हाल बिग बोस–१६ को सुटिङ स्थगित गरिएको छ। हाल उनी आफ्नो फिल्म ‘किसीका भाई किसीकी जान’को सुटिङ गरिरहेका थिए। तर स्वास्थ्य खराब भएपछि फिल्मको सुटिङ पनि रोकिएको छ।बलिउड हंगामाको रिपोर्टस् अनुसार डेंगु भएपछि चिकित्सकले सलमानलाई आराम गर्न सल्लाह दिएका छन्। यस्तै बिगबोस–१६ को एपिसोड होस्ट गर्नका लागि सलमानले करण जौहरलाई मनाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *