नेपाली काँग्रेस तनहुँ-काठमाडौँ सम्पर्क समितिद्धारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
नेपाली काँग्रेस तनहुँ- काठमाडौँ सम्पर्क समितिद्धारा शुभदिपावली, छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली काँग्रेस तनहुँ-काठमाडौँ सम्पर्क समितिको आयोजना तथा नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समितिको सहआयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
आगामी कात्तिक ६ गते आइतबार दिउँसो ३ बजे हुने कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, धुब्र वाग्ले, प्रदीप पौडेल, जितप्रसाद आले, अशोक श्रेष्ठलगायतको सहभागीता रहने नेपाली काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले जानकारी दिनुभयो ।
मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको पुर्वसन्ध्यामा हुन लागेको उक्त कार्यक्रममा सहभागी हुन तनहुँ घर भई काठमाडौँ बस्दै आएका सम्पूर्ण पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान गरिएको छ ।