फिल्म छायांकन गर्न अनुमति दिने मन्त्री परिषद् निर्णय


कोरोना कहरका कारण ९ महिनादेखि फिल्म क्षेत्र बन्द छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने बारेअझै सरकारी निर्णय भएको छैन ।

‘मन्त्रालयले सिनेमा गतिविधि सशर्त खुला गर्ने प्रस्ताव मन्त्री परिषद् लगेको थियो । फिल्म हलको छाता संस्था चलचित्र संघले पुस १० गतेदेखि एकपक्षीय रुपमा हल खुला गर्ने घोषणा गरिसकेको छ ।
फिल्म छायांकन गर्दा अब कास्ट एन्ड क्रिउले अनिवार्य कोभिड–१९ मापदण्ड पालना गर्नुपर्ने हुन्छ । विश्वव्यापी कोरोना महामारी फैलिएपछि फिल्मको छायांकन रोकिएको थियो । सरकारले अनुमति नदिएपनि स्थानिय तहको सिफारिसबाट केहि फिल्मको छायांकन सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *