कांग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै,निर्वाचन सम्बन्धी जानकारीहरु दिने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलनमार्फत कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता महतले निर्वाचन र पार्टी गतिविधिसम्बन्धी पछिल्लो जानकारीहरु दिनेछन् ।