कर्णालीका दुर्गाबहादुरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते


कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले सोमबार नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको तीन हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

दुर्गाबहादुरले निर्र्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पार गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् ।उत्तः स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका अजित यादवले रजत पदक जिते । अजितले निर्धारित दूरी ९ मिनेट २१.१० सेकेन्डमा पूरा गरेका थिए ।

त्रिभुवन आर्मीका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरी काश्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *