नारायणीले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ। नारायणी देवघाटमा बिहान ६ :२० बजे सतर्कता पार गरेको नेपाल बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महशाखाका अनुसार जलसतह थप बढ्ने अनुमान गरिएको छ। जलाधारमा थप वर्षा हुने सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ।चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले बिहीबार साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन विभागको अनुरोध छ।