डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमति


चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले १३ दिनदेखि जारी आमरण अनसन तोडेका छन्। सरकारसँग १० बुँदे सहमतिपछि केसीले शनिबार बेलुकी अनसन तोडेका हुन्।

डा केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमन अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीको हातबाट जुस पिएर आफ्नो २०औं अनसन तोडेका हुन्।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा केसीले धनगढीबाट आफ्नो अनसन सुरु गरेका थिए। २०औं अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडि मात्रै केसी काठमाडौं आएका थिए। काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डा केसीको उपचार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *